आइतबार, माघ ६, २०८१
03:26 | ०९:११

नेपालमा थपिए तीन हजार बढी संक्रमित   

रासस अगस्ट १२, २०२१

काठमाडौँ । नेपालमा तीन हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा १५ हजार ४६२ जनामा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ । सो अवधिमा दुई हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

आजसँगै कूल छ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका हुन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३३ जनाको निधन भएको छ ।

अहिलेसम्म कूल १० हजार २१२ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत छ । मन्त्रालयको अनुसार ७३७ जना सघन उपचार कक्षमा १८३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

त्यस्तै, ३४ हजार ८३८ जना होम आइसोलेशन, तीन हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू