बिहीबार, माघ ३, २०८१
18:32 | ००:१७

१४ औं रेडिङ कप सेप्टेम्बरमा गर्ने तयारी

नेपाली लिङ्क अगस्ट १२, २०२१

लन्डन । विश्वव्यापी कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको रेडिङ नेपाली समाजको एक बहुप्रतिक्षित फुटबल टुर्नामेन्ट ‘रेडिङ कप’ यसपटक हुने पक्का भएको छ ।

आगामी सेप्टेम्बर १४ तारिख शनिबार रेडिङस्थित पाल्मर पार्कमा खेल हुने समाजका अध्यक्ष टेक गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले विगत जस्तै कार्यक्रम सफल पार्न रेडिङ नेपाली समाज तथा सम्पूर्ण बेलायतवासी नेपालीसमक्ष आग्रह गरेका छन् । बेलायतको नेपाली समाजमा आयोजना हुने गोर्खा कप पछिको दोस्रो ठूलो फुटबल प्रतियोगिता मानिन्छ रेडिङ कप ।

बेलायत सरकारद्वारा निर्धारित स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्दै खेल सञ्चालन गर्न अनुमति लिइएको आयोजकले बताएका छन् । युवाहरुमाझ लोकप्रिय सो प्रतियोगितामा बढीमा २४ टिमले खेल्न पाउनेछन् जसमा १६ युवा टिम र ८ वटा वयस्क टिम सहभागी गराइनेछ । खेलमा सहभागी हुन इच्छुक टिमलाई दर्ता वापत २५० पाउण्ड शुल्क निर्धारण गरिएको छ ।

युवा तर्फको पुरस्कार क्रमशः एक हजार ६ सय र एक हजार पाउण्ड राखिएको छ । यसैगरी वयस्कका लागि क्रमशः एक हजार र पाँच सय पाउण्ड रकमको पुरस्कार राखिएको छ । टिम दर्ताबाट मात्र रकम पर्याप्त नहुने हुँदा रेडिङ नेपाली समाजले शुभेच्छुकहरुबाट स्वेच्छिक रुपमा आर्थिक सहयोगको पनि अपेक्षा गरेको छ ।

भर्खरैमात्र रेडिङ नेपाली समाजको कार्यसमिति बैठकले समाजका उपाध्यक्ष धनबहादुर राना मगरको संयोजकत्वमा १४ औं रेडिङ कप फुटबल आयोजक समिति गठन गरेको छ, जसमा समाजका ६ जना उपाध्यक्ष सुशिला गुरुङ, भीमसेन खड्का, यादव श्रेष्ठ, प्रेम लामा, एलबी सुब्बा र धन बहादुर राना मगर छन् । प्रचार प्रसार जिम्मा कार्यवाहक महासचिव मनी सुवेदी र सचिव विक्रम श्रेष्ठलाई दिइएको  छ ।

यसैगरी अर्थ व्यवस्थापनमा कोषाध्यक्ष सरोज थापा र सह कोषाध्यक्ष जगन्नाथ सापकोटा छन् भने स्वयंसेवक व्यवस्थापनमा संस्थाका उपाध्यक्ष भीमसेन खड्काको संयोजकत्वमा संस्थाका सबै कार्यसमिति सदस्यहरुको स्वयंसेवक समिति गठन गरिएको संस्थाका महासचिव ओमकार अधिकारीले जानकारी दिए ।

हाल रेडिङ नेपाली समाजका सदस्यहरुमा इमानसिं राई, रुद्रजंग गुरुङ, तुल बहादुर गुरुङ, उदय घिसिङ, बन्दना खत्री, रोमा गुरुङ, हरिमाया गुरुङ, लक्ष्मण श्रेष्ठ, सुरेशजंग थापा, हिम्मत सिटौला, आश्वीन श्रेष्ठ, मोहन कटुवाल र विनस रिजाल छन् ।

सन् २००६ बाट आयोजना हुँदै आएको ‘रेडिङ कप’ रेडिङवासीहरुले एउटा मिनी नेपाल फेस्टिभलको रुपमा मनाउंदै आएका छन् । संस्थाका तत्कालिन अध्यक्ष महेश गुरुङको अगुवाइमा सञ्चालन गरिएको यो कार्यक्रम निरन्तर रुपमा अगाडि बढाउने क्रममा संस्थाका संस्थापक अध्यक्ष डा सिबी गुरुङ लगायत पूर्व अध्यक्षहरु अर्जुन बस्नेत, कृतिबिलास पन्त, मान गुरुङ र कृष्ण न्यौपाने लगायत संस्थाका सल्लाहकार तथा सम्पूर्ण खेलप्रेमी शुभचिन्तकहरुको महत्वपूर्ण योगदान छ ।

‘रेडिङ कप’ लाई स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिलाई संस्थाको निम्न खातामा रकम जम्मा गर्न रेडिङ नेपाली समाजले अनुरोध गरेको छ ।

Account Number  :- 53802132,

Sort code: 20-65-20,

Bank name :- Barclays,

Account Holders name :- GRNCA

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू