बुधबार, माघ २, २०८१
17:04 | २२:४९

शिक्षावीद् रानाभाटद्वारा इङल्याण्ड राज्यसमितिको अध्यक्षमा उम्मेद्वारी  

नेपाली लिङ्क जुलाइ २९, २०२१

लण्डन । बेलायतमा हुन गइरहेको गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आसन्न निर्वाचनमा डा मीन रानाभाटले इङ्ल्याण्ड राज्यसमितिको अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । बेलायतस्थित नेपाली समाजमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित रानाभाट चितवन रागीनावासी हुन् ।

बिगत १२ वर्षदेखि बेलायतमा बस्दै आएका रानाभाट शिक्षावीद् हुन् । युनिभर्सिटी कलेज लण्डनबाट शिक्षा, विकास र अर्थशास्त्र विषयमा विद्यावारिधि गरि उनी सोही विश्वविद्यालयमा विद्यार्थी युनियनका सभापति समेत चुनिएका थिए । हाल उनी स्वतन्त्र रुपमा अनुसन्धान कार्यमा संलग्न रहँदै आएका छन् ।

विश्वभर फैलिएको गैर आवासीय नेपाली संघमा बौद्धिक विकासका लागि बौद्धिक व्यक्तिको पनि आवश्यकता पर्ने हुँदा आफूले उम्मेद्वारी दिएको रानाभाटले बताए । संस्थालाई अझ बढी व्यवस्थित र विश्वसनीय बनाउन ‘प्रविधिमैत्री, पारदर्शी र एकता’ को खाँचो रहेकाले आफ्नो योग्यता र अनुभवलाई गैर आवासीय नेपाली संघमा लगानी गर्ने रानाभाटको प्रतिवद्धता छ ।

बेलायतवासी नेपाली समुदायमा पुरयाएको योगदानका आधारमा सबैको साथ र सहयोग पाउने अपेक्षा गर्दै आफू विजयी भए गैर आवासीय नेपाली संघ यूकेसँग पूर्ण रुपमा सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू