अल्डरसटमा पुरुष भलिबल प्रतियोगिताको तयारी
लन्डन । अल्डरसट भलिबल क्लबले आउँदो अगष्ट ७ तारिख शनिबार चौथो पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । अल्डरसटको वेलिङटन स्टाचू ग्राउण्डमा प्रतियोगिता हुने क्लबका अध्यक्ष स्वर्ग गुरुङले जानकारी दिए ।
हरेक वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै आएपनि गत वर्ष भने कोरोना महामारीका कारण स्थगित गरिएको थियो । लामो समयको लकडाउन पश्चात सरकारले लकडाउन हटाएपछि भलिबल प्रतियोगिता हुने भएको हो ।
खेल हुने निश्चित भएपछि भलिबल खेलाडी तथा खेलप्रेमी उत्साहित भएको क्लबका सचिव शैलेश राईले बताए । महामारीपछि पहिलो खेल भएकाले यसपटक महिला भलिबल प्रतियोगिता नराखिएको र भविष्यमा हुने खेलमा भने निरन्तरता दिइने आयोजकले बताएका छन् ।
खेलका लागि हालसम्म १३ टीमले नाम दर्ता गराइसकेको पनि राइले जानकारी दिए । प्रतियोगिता बिहान ८ बजेबाट शुरु हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा विजयी हुने टीमलाई एक हजार पाउण्ड र उपविजेता टीमलाई ६ सय पाउण्ड साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी म्यान अफ दि म्याच, वेस्ट प्लेयर, वेस्ट सेटर, वेस्ट स्पाइकर, वेस्ट ब्लकर र वेस्ट डिफेन्सलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
इच्छुक टिमले सहभागी हुन चाहे आफ्नो टिम दर्ता गराउन क्लबका कोषाध्यक्ष बिमल गुरुङ (07456181918) अथवा क्लबका कुनैपनि सदस्यलाई सम्पर्क गर्न सकिनेछ ।
प्रतियोगिताका बेला खाना स्टलसमेत रहनेछ ।