सोमबार, माघ ७, २०८१
19:36 | ०१:२१

अन्तरराष्ट्रिय नेपाली भाषा-साहित्य दिवसको रुपमा भानु जयन्ती मनाइंदै

नेपाली लिङ्क जुलाइ ८, २०२१

लण्डन–गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्मजयन्तीको अवसर पारेर ‘नेपाली भाषा साहित्यको विश्वव्यापीकरणको अवस्था र चुनौती’ विषयक विचार गोष्ठी गर्ने भएको छ ।

यहि जुलाई ११  तारिख आइतबार बेलुकी नेपाल समय ८ बजे  भर्चुअल माध्यमबाट हुने सो कार्यक्रममा वरिष्ठ समालोचक एवम्  साहित्यकार डा. गोबिन्दराज भट्टराईले मुख्य वक्ताको रुपमा आफ्ना धारणा राख्नेछन् ।

भट्टराईले संसारका विभिन्न मुलुकमा भइरहेको नेपाली भाषा साहित्यको विस्तार र चुनौतीका बारेमा प्रष्ट पार्नेछन् ।

त्यसैगरी क्यानडाका साहित्यकार डा. गोबिन्दसिंह रावत, म्यान्मारका साहित्यकार लक्षमण न्यौपाने र बेलायतका नियात्राकार कृष्ण बजगाईले यस माथि आफ्ना धारणा राख्नेछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा हुने उक्त गोष्ठीमा नेपाल भित्र र प्रवासबाट साहित्यकारहरुको सहभागिता रहनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू