विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख बढी कोरोनाविरुद्ध खोप वितरण
बाल्टिमोर, मेरील्याण्ड– विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशका तथ्यांक अनुसार चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ ।
भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनीमा सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पोल्याडमा छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । त्यसैगरि, इटालीमा पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज खोप लगाइएको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५