नेपालमा दुई हजार बढी संक्रमित, २३ को मृत्यु
काठमाडौँ । नेपालमा आज थप दुई हजार ६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्तभई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ संक्रमित निको भएर घर फर्किएका छन् ।
हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेशनमा छन् । यस्तै संस्थागत आइसोलेशनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४.६ छ ।
काठमाडौँ उपत्यकामा ५६२ सङ्क्रमित
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५६२ काठमाडौं उपत्यकाका हुन् । ति मध्ये काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।
२३ संक्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।