बुधबार, माघ २, २०८१
06:40 | १२:२५

प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई राष्ट्रिय-अन्तरराष्ट्रिय दुई नियुक्ति

नेपाली लिङ्क जुलाइ ५, २०२१


लण्डन । बेलायतस्थित प्रा डा सूर्य प्रसाद सुवेदी (क्यूसी) लाई दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्ति भएको छ ।

नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले उनलाई “राष्ट्रिय हित, परराष्ट्र नीति तथा रणनीतिक मामिला” विधाको “विशिष्ट विज्ञ” को रूपमा नियुक्ति गरेको हो । २०७८ श्रावण एक गते देखि लागू हुने गरि तीन वर्षका लागि नियुक्त गरिएको सुवेदीले जनाए । 

नेपाल सरकारलाई राष्ट्रको नीति निर्माणमा प्रमाण (अनुसन्धान) मा आधारित सल्लाह सुझाव उपलब्ध गराउन उक्त प्रतिष्ठान तीन वर्ष अघि स्थापना भएको थियो । 

गत वर्ष पनि नेपाल सरकारले प्रा सुवेदीलाई नेपाल-भारत सीमा सम्बन्धि विज्ञ समूहको सदस्यमा नियुक्त गरेको थियो । उक्त विज्ञ समूहले आफ्नो प्रतिबेदन नेपाल सरकारलाई बुझाई सकेको छ । 

त्यसैगरि, चीनको आर्थिक तथा व्यापार मध्यस्थता आयोगले उनलाई पाँच वर्षका लागि मध्यस्तकर्ताको रूपमा नियुक्ति गरेको छ ।

चीनको उक्त आयोगले वैदेशिक व्यापार र वैदेशिक लगानी सम्बन्धि विवादहरु सुल्झाउने काममा अग्रणी भूमिका निर्वाह गर्दछ । 

अक्सफोर्डको हार्ट प्रकाशन गृहले प्रकाशन गरेको प्रा सुवेदीको अन्तरराष्ट्रिय लगानी कानून सम्बन्धि किताब चिनिया भाषामा अनुवाद भइ पांच वर्ष अघि चीनमा प्रकाशन भएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू