सोमबार, माघ ७, २०८१
20:44 | ०२:२९

डुंगा दुर्घटना हुंदा ४३ अवैध आप्रवासीको मृत्यु

रासस/सिन्ह्वा जुलाइ ४, २०२१


ट्यूनिस, २० असार–अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको डुङ्गा भूमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । एक सय २७ जना आप्रावासी चढेको उक्त डुङ्गा दुर्घटनामा परेका कम्तीमा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका छन् । डुङ्गामा लिबिया, सुडान, बङ्गलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु यात्रारत रहेको बताइएको छ ।

डुङ्गा दुर्घटना हुनुको प्रमुख कारण इन्जिनमा आएको खराबी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू