आइतबार, माघ ६, २०८१
12:41 | १८:२६

नेपालमा कोरोना संक्रमित निको हुने दर ९३ प्रतिशत   

रासस जुलाइ १, २०२१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै, सोही अबधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत छ । हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू