आइतबार, माघ ६, २०८१
12:16
|
१८:०१
कोभिडविरुद्ध लड्न पाकिस्तानद्वारा रु चार करोड सहयोग
रासस
जुन ३०, २०२१
काठमाडौँ–पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गरेको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।
“नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिवद्धता अन्तर्गतको हो”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५