आइतबार, माघ ६, २०८१
12:38 | १८:२३

नेपालको बाह्य सम्बन्ध १७१ देशमा विस्तार   

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध

रासस जुन ३०, २०२१

काठमाडौँ–नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

दौत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आज हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू