सोमबार, माघ ७, २०८१
23:23 | ०५:०८

भारतमा घट्दै संक्रमित, २४ घण्टामा ४० हजार भन्दा कम  

रासस-सिन्ह्वा जुन २९, २०२१

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना संक्रमण भएपछि कोरोना संक्रमितको कूल संख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा भएको कोरोना संक्रमित यो संख्या विगत १०२ दिनयता कै सवभन्दा कम हो । ४० हजार भन्दा कम व्यक्ति कोरोना संक्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा हिजो कोरोना संक्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ ।

करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजार भन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा कोरोना संक्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।

हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोना मुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ ।

यहाँ गत जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार ५१० डोप कोरोना विरुद्धको खोप लागाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू