बुधबार, माघ २, २०८१
06:12
|
११:५७
व्यवसायी लामिछानेको संयोजनमा बेलायतबाट ३३ वटा कन्सनट्रेटर
नेपाली लिङ्क
जुन २८, २०२१
लन्डन । लन्डनका सफल व्यवसायी रविजंग लामिछानेको संयोजनमा बेलायतबाट पठाइएको ३३ वटा कन्सनट्रेटर नेपाल पुगेको छ ।
नेपालमा कोभिड १९ को दोश्रो लहरसंगै अक्सिजन अभाव चुलिएपछि लामिछानेले बाप्स स्वामिनारायण संस्था यूके (निजडेन मन्दिर) लाई स्वस्थ्य उपकरण सहयोग गरिदिन आग्रह गर्दै संयोजन गरेका थिए । उक्त कन्सनट्रेटरको बजार मुल्य २५ हजार पाउण्ड (करिब ४१ लाख रुपैयां) छ ।
कोभिड पीडितको उपचारमा खटिएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सोमबार नेपालमा ति सामग्री प्राप्त गरेकी हुन् ।
मनिषाले ति अक्सिजन कन्सन्ट्रेटर एनसिभी नेपालको सहकार्यमा दुर्गम तथा अत्यावश्यक भएका अस्पतालमा पठाइने जानकारी दिइन् । उनले बेलायतबाट उपकरण पठाउन पहल गर्ने रविजंग लामिछाने र दाता बाप्स स्वामिनारायण संस्था यूकेप्रति आभार समेत व्यक्त गरेकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५