बुधबार, माघ २, २०८१
06:07 | ११:५२

तमु समाज यूकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित

महाधिवेशन बिथोल्ने तमुधिं लन्डन इकाइको प्रयास असफल

नेपाली लिङ्क जुन २८, २०२१

लन्डन । लन्डनमा तमु समुदायको अग्रणी संस्था तमु समाज यूकेको अध्यक्षमा शिवकुमार गुरुङ निर्वाचित भएका छन् । जुन २७ तारिख आइतबार तमु समाज भवन वेम्लीमा भएको १४ औं साधारणसभा तथा छैठौं महाअधिवेशनले शिवकुमारको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको हो ।

नयां कार्यसमितिको प्रथम उपाध्यक्षमा हर्कबहादुर गुरुङ, दोश्रो उपाध्यक्ष भिमबहादुर गुरुङ र तेस्रो उपाध्यक्षमा बिन्दु घले, महासचिव धर्म बल गुरुङ र कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि, सचिव सुव घले, सह-कोषाध्यक्ष/पब्लिक फन्ड संयोजक रुविन गुरुङ, संयोजक कमलबहादुर गुरुङ, आमा समूह अध्यक्ष उमा देवी गुरुङ, युवा समूह अध्यक्ष ओमकार गुरुङ, सांस्कृतिक सचिव/मिडिया संयोजक नारायणसिंह गुरुङ, खेलकुद सचिव/खाद्य संयोजक हरिमान गुरुङ, सुरक्षा संयोजक बुद्धि गुरुङ, वेवमास्टर याम गुरुङ निर्वाचित भए ।

कार्यसमिति सदस्यहरु पदमबहादुर गुरुङ, नरबहादुर गुरुङ, खेमराज गुरुङ, गंगाबहादुर गुरुङ, जङ्गबहादुर गुरुङ, श्रीमति पृतम गुरुङ, श्रीमति भद्र कुमारी गुरुङ र श्रीमति मन कुमारी गुरुङ छन्।

क्षेत्रिय प्रतिनिधिमा ह्यमसायर प्रतिनिधि हितमान गुरुङ, ननिटन प्रतिनिधि महेश घले र बर्कसायर प्रतिनिधिमा मिठु गरुङ मनोनित भएको समाजले जनाएको छ ।  

तमु समाज यूकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा भएको उक्त वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशन २०२१ संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, अध्यक्ष शिवचन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले संयुक्त रुपमा दीप प्रज्वलन गरि शुभारम्भ गरेका थिए ।

दुई चरणमा विभाजित थियो कार्यक्रम । पहिलो चरणको वार्षिक साधारणसभामा महासचिव हर्कबहादुर गुरुङले संस्थाको वार्षिक तथा प्रगति विवरण र कोषाध्यक्ष याम साथै उपाध्यक्ष शिवकुमार गुरुङले आर्थिक प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरेर सर्वसम्मत अनुमोदन गरिएको थियो । त्यसैगरि विधान संशोधन र आगामी वर्षको कार्यक्रमबारे पनि छलफलपछि निर्णय गरियो ।

कार्यक्रममा उपाध्यक्ष कन्या प्रसाद गुरुङले स्वागत र संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ एवं पूर्व अध्यक्ष शिवशरण गुरुङले शुभकामना मन्तव्य दिए ।

‘हेल्थ एण्ड सेफ्टी’ बारे अवगत गराउंदै महासचिव हर्क बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । पहिलो चरणको कार्यक्रममा आमा समूहकी अध्यक्ष बिन्दु गुरुङले समूहको वार्षिक प्रतिवेदन, सल्लाहकार बाबुराम गुरुङले तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको साधारण सभामा सदस्यहरुले समाजको सर्वोपरि हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिंदै हालसम्म भइरहेका गतिविधिप्रति खुशी प्रकट गर्दै 
पांचौं कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए ।

पहिलो चरण कार्यक्रमको अन्तमा सदस्यहरुले उठाएका केही विषयको बुंदागत छलफल र निर्णय गरिसकेपछि पांचौं कार्यसमितिका उपाध्यक्ष शिवकुमार गुरुङ लगायत हाउजिङ समिति, सलिटा प्रकाशन गर्ने लेखबहादुर गुरुङ र घान्द्रुक समाज यूकेका अध्यक्ष नारायण सिंङ गुरुङलाई पांचौं कार्यसमितिका अध्यक्ष शिव चन्द्र गुरुङ साथै संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले सम्मानपत्रसहित खादा र फेटा लगाएर सम्मान गरे । सो अवसरमा अध्यक्ष शिव चन्द्र गुरुङले धन्यवाद मन्तब्य राख्दै पांचौं कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।

दोस्रो चरणमा समाजको छैठौं कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समिति २०२१ का अध्यक्ष ले. थम प्रसाद गुरुङ, सचिव पूर्व अध्यक्ष अर्जुनकुमार गुरुङ, 
सदस्य, पूर्व कोषाध्यक्ष साथै सल्लाहकार केदार बहादुर गुरुङले छैठौं कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन परिणाम घोषणा पश्चात निर्वाचन समितिका अध्यक्ष तथा सल्लाहकार ले. थम प्रसाद गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी बनि सफल बनाइदिएकामा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । त्यसैगरि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निर्वाचन समितिका अध्यक्षले नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराइ वधाई तथा शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष शिव कुमार गुरुङले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गराएकामा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा पांचौं कार्यसमितिका अध्यक्ष शिव चन्द्र गुरुङ लगायत पदाधिकारी साथै निर्वाचन समितिलाई छैठौं कार्यसमितिका अध्यक्ष शिवकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यवाद ब्यक्त गर्दै खादा लगाई विदाइ गरे ।

कार्यक्रममा गोर्खा दरबार क्याटरिङले खाना र आमा समूहले जलपान व्यवस्थापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू