बुधबार, माघ २, २०८१
05:59 | ११:४४

बेलायतका समाजसेवी खड्का र महर्जनको संयोजनमा हेलम्बुमा सहयोग वितरण

नेपाली लिङ्क जुन २८, २०२१

लन्डन । सिन्धुपाल्चोकको मेलम्ची हेलम्बुका बाढीपीडित सहयोगार्थ बेलायतबाट पठाइएका विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमतिमा हेलम्बु-३ का अध्यक्ष छिरिङ लामाको समन्वयमा वास्तविक बाढीपीडितलाई झुल, जुत्ता, चामल, तेल, चिनी, दाल, चाउचाउ लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

हालै आएको बाढीपहिरोका कारण उक्त क्षेत्र नराम्रोसंग प्रभावित छ । मेलम्ची हेलम्बुमा इन्जिनियर पेशामा आबद्ध निश्चित महर्जनको पहलमा बेलायतका युवा समाजसेवी भीमसेन खड्काको संयोजनमा सहयोग संकलन गरिएको हो ।

समाजसेवी भीमसेन खड्का

बाढीपहिरोका कारण घरबारबिहिन बनेका मानिसहरुको दयनीय अवस्था देखेर थोरै भएपनि सहयोग गरौँ भन्ने उद्देश्यले सहयोग अभियानमा जुटेको खड्काले बताए । हाल बेलायतमा बस्दै आएका दोलखा निवासी रवी उप्रेतीले पनि सहयोग गर्ने चाहना व्यक्त गरेपछि छोटो समयमा नै तीन लाख भन्दा बढी रकम बराबरको सहयोग वितरण गरिएको छ ।

भीमसेन खड्का, रवी उप्रेती, राजन महर्जन, सुनिल महर्जन, नारायण कार्की, मीन गुरुङ (चितवन), प्रकाश थापा, अरुण अधिकारी लगायतका व्यक्तिहरुले सहयोग प्रदान गरेका थिए ।

यसैगरी स्थानीयवासी जयराम आचार्य र रामहरी तोलंगेले जुत्ताहरु सहयोग गरेका थिए भने मिठ्ठु महर्जनले महिलाको लागि कपडा सहयोग गरेकी थिइन् । त्यस्तै राजु महर्जन र बुद्ध महर्जन लगायतले बोसीगाउँवासीका तर्फबाट दाल चामल सहयोग उपलब्ध भएको थियो ।  धर्म राजबाहक र पूर्ण महर्जनले निशुल्क यातायात सेवा पुरयाएका थिए ।

कोभिड व्यवस्थापनको सहयोगमा लागिरहेको बेला बाढीपहिरोको थप समस्या उत्पन्न भएपछि आर्थिक संकलन ठूलो चुनौतिको विषय भएपनि छोटो समयमा सहयोग प्रदान गर्ने सबैलाई संयोजक खड्काले धन्यबाद दिएका छन् ।

सो कार्यका लागि पहल अघि बढाउने इन्जिनियर निश्चित महर्जनले पनि सम्पूर्ण सहयोगी मन लगायत संयोजक खड्काप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू