शुक्रबार, मंसिर १४, २०८१
03:40 | ०९:२५

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुन सक्ने चेतावनी  

रासस-एएनआई जुन २५, २०२१

टोकियो, ११ असार– जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका हुन् ।

उनले कोरोनाभाइरस महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए ।

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ संक्रमित भेटिएका छन् ।
टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए ।

अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू