बुधबार, माघ २, २०८१
06:18 | १२:०३

एनआरएन यूके निर्वाचनका लागि मिडल्याण्डबाट प्रतिनिधि मण्डल गठन

नेपाली लिङ्क जुन २४, २०२१

लन्डन– एनआरएन यूकेको आगामी अधिवेशन र निर्वाचनका लागि मिडल्याण्डले एक प्रतिनिधि मण्डल गठन गरेको छ ।

गत २३ जुन २०२१ दिन साझा नेपाली समाज यूकेको आयोजनामा मिड्ल्याण्ड एनआरएनए यूके प्रतिनिधि छनोट समिति, साझा कार्यसमिति र मिडल्याण्डबाट एनआरएन यूके आगामी कार्यसमितिका आकांक्षी प्रतिनिधिहरुसहितको जुम बैठकले प्रतिनिधिमण्डल गठन गरेको हो ।

मिडल्याण्डका एनआरएन अभियन्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, साझा नेपाली समाजका पूर्व अध्यक्ष उपस्थित उक्त बैठकले मिडल्याण्डबाट एनआरएनए यूकेका विभिन्न पदमा जान इच्छुक उम्मेदवारलाई कसरी सफल हुने गरी लैजाने भन्ने बारेमा व्यापक छलफल गरी सहमतिमा एनआरएनए यूके २१–२३ निर्वाचनको केन्द्रमा सहमति एवं सहकार्य र निर्वाचन सम्बन्धी अन्य कार्य गर्न साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा संयोजक रहने गरी ‘एनआरएनएयूके मिडल्याण्ड प्रतिनिधि मण्डल’ गठन भएको छ ।

प्रतिनिधिमण्डलमा एनआरएन आइसीसी सदस्य दयानिधि सापकोटा, एनआरएनए आइसीसी मानार्थ सदस्य रणबहादुर केसी, एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, एनआरएनए यूके राज्य समन्वय परिषद इन्ल्यान्डका सचिव गोविन्द शर्मा खरेल र एनआरएनए यूके पूर्व सदस्य पवन शर्मा छन् ।

बैठकले उक्त प्रतिनिधि मण्डललाई मिड्ल्याण्डका आकांक्षी प्रतिनिधिहरुलाई एनआरएनए यूकेको आगामी कार्यसमितिमा सबल उपस्थिति गराउन बलियो टिमको नेतृत्वसंग सहकार्य गर्ने, स्थानीय संघसंस्था तथा सामाजिक अभियन्ताहरु एवं अन्य बुद्धिजिवी पेशाकर्मीहरुसंग समन्वय गर्दै मिड्ल्याण्डका प्रतिनिधिहरुको घोषणा आयोजना गर्ने, चुनाव प्रचार-प्रसार, निर्वाचन प्रक्रिया देखि नतिजासम्म र मत दिने सबैलाई धन्यबाद कार्यक्रमसम्मका अधिकार एवं जिम्मेवार सुम्पेको साझा नेपाली समाजका महासचिव राम पन्थीले जानकारी दिए ।

मिडल्याण्डले आफ्नो क्षेत्रका आकांक्षी उम्मेदवारहरूको घोषणा गरी एनआरएनए यूकेका करिव ११ सय सदस्य बनाइ आगामी अधिवेशनमा सो क्षेत्रको बलियो दावेदारी रहने दावी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू