सोमबार, माघ ७, २०८१
05:16 | ११:०१

ब्राजिलमा कोरोनाबाट पाँच लाख बढीको मृत्यु

रासस-सिन्ह्वा जुन २१, २०२१

फोटो बीबीसी

साओ पाओलो– ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस संक्रमणबाट १ हजार २५ जनाको निधन भएको हो ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । यहाँ सन् २०२० फेब्रुअरी २६ बाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अर्थात सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हिजो आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएका थिए । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ । यो संख्यासँगै ब्रालिजमा कूल संक्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन् । यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा संक्रमितहरु झन् बढ्न थालेका छन् ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको एक किसिमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संक्रमणका कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा छ । यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू