शुक्रबार, मंसिर १४, २०८१
03:30
|
०९:१५
बेल्जियममा निर्माणाधिन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु
रासस/सिन्ह्वा
जुन २०, २०२१
ब्रसेल्स, ६ असार– बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा आइतबार पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालय भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो ।
यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्ने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ