लण्डन–अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, यूकेले बेलायतमा मे २०२० देखि मे २०२१ सम्ममा प्रकाशित कृतिहरु यस वर्षको सुन्दर प्रसाद मानन्धर तथा ईश्वर प्रसाद मानन्धर पुरस्कार (सुप्रमा-ईप्रमा पुरस्कार – २०२१) का लागि आव्ह्वान गरेको छ ।
अध्यक्ष लाराको सभापतित्वमा शुक्रबार बसेको बैठकबाट पारित भै वर्षभरिको उत्कृष्ट कृतिलाई प्रदान गरिने सो पुरस्कारका लागि आफ्ना ३ थान पुस्तक उपलब्ध गराइदिन सम्पूर्ण साहित्यकारहरुमा अनुरोध गरिएको संस्थाका सल्लाहकार तथा पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठले जनाए ।
ईश्वर प्रसाद मानन्धरबाट आफ्नो स्व. बुवा सुन्दरप्रसाद मानन्धरको सम्मानमा सन् २०१२ मा स्थापना गरिएको £२५१ राशीको सो पुरस्कार हाल स्व मानन्धरकी धर्मपत्नी जानकी तथा मानन्धर परिवारबाट संचालित भइरहेको छ ।
सो पुरस्कारबाट मुकेश राई – २०१४, दुर्गा प्रसाद पोख्रेल – २०१५, केदार संकेत – २०१६, कृष्ण बजगाई – २०१७, डा सुमाया राई – २०१८, नृपेश उप्रेती – २०१९, देवेन्द्र खेरेस – २०२० बाट पुरस्कृत भइसकेका छन् ।
पुस्तक पठाउने ठेगाना: 7 Upper Town Road, Greenford, UB6 9JE
आइपुग्नुपर्ने अन्तिम मिति: ७ जुलाई २०२१