शुक्रबार, मंसिर १४, २०८१
03:43 | ०९:२८

चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी

रासस/सिन्ह्वा जुन १९, २०२१


मस्को, ५ असार– महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्ध खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ ।

रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिए ।

रुसले गत सन् २०२० फेब्रुअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो ।

विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिए ।

कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्यून हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवतजावत गर्न दिने तयारी भएको हो ।

सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउदै लगिने पनि उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू