सोमबार, माघ ७, २०८१
05:23 | ११:०८

माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका नाडेला

रासस-एएनआई जुन १९, २०२१

न्यूयोर्क ।  विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा सत्या नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । 

भारतीय मुलका नाडेला सो चर्चित कम्पनीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएका थिए । 

उनी अध्यक्षमा निर्वाचित भएपनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी समेत निर्वाह गरिरहने कम्पनीले जनाएको छ । 

माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएका हुन् ।

त्यसैगरी कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्सले सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए   

अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ । कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू