सोमबार, माघ ७, २०८१
07:43 | १३:२८

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प  

रासस-सिन्ह्वा जुन १६, २०२१

जाकार्ता, २ असार– इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो ।

भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू