बुधबार, माघ २, २०८१
23:43 | ०५:२८

स्वीन्डनका नेपालीले रवि लामिछानेमार्फत् पठाए १० लाख सहयोग

नेपाली लिङ्क जुन ११, २०२१

लन्डन । कोभिड महामारीका कारण उत्पन्न संकटको घडीमा बेलायतको स्वीन्डन क्षेत्रमा बस्ने नेपालीहरुले आफ्नो आर्थिक सहयोग नेपाल पठाएका छन् ।  

नेपालमा कोभिड महामारीविरुद्धको लडाईंमा सघाउन नेपाली एशोसिएसन अफ वील्शायर, स्वीन्डनले १० लाख रुपैयाँ आर्थिक सहायता पठाएको हो ।  

एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङका अनुसार रवि लामिछाने फाउन्डेसनमार्फत् सहयोग पठाइएको हो । सहयोग रकम फाउन्डेसनको खातामा जम्मा गराइसकिएको उनले जनाए । 

सहयोगका लागि एशोसिएसनले केही रकम आफ्ना सदस्यहरुमाझ संकलन गरेको थियो भने केही रकम संस्थाको कोषबाट समेत सहयोग गरिएको छ ।  

एशोसिएसनका अध्यक्ष गुरुङले सहयोग अभियानका सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।  

एशोसिएसनले गत वर्ष कोभिड महामारी शुरु भएलगत्तै बेलायतको एनएचएसलाई पनि १० हजार पाउन्ड आर्थिक सहयोग गरेको थियो ।  

रवि लामिछाने फाउन्डेसनले अहिले नेपालमा विभिन्न अस्पातलमा निशुल्क उपचारदेखि स्वयमसेवकहरु परिचालन गरेर अक्सिजन, स्वास्थ्य सामग्रीका साथै समस्यामा परेकाहरुलाई राहत पनि बांडिरहेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू