मंगलबार, माघ १, २०८१
11:42 | १७:२७

बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावना

रासस-सिन्ह्वा जुन ९, २०२१

लन्डन–बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्दै गएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ ।

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले यही क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

ब्रिटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकाले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।

बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना संक्रमित भेटिएका छन् । बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै देखिएपनि बेलायतकै दरमा भारतमा यसैगरी संक्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

त्यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा, अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना संक्रमण देखिनु हो ।

करिब करिब कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस संक्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना संक्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ ।

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना सङ्क्रमितको संख्या अहिलेका लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुंदै जानेछन् । ‘शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ’– उनले भने ।

बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को ब्रिटिश भेरिएन्टलाई निकै खतरनाक भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू