शुक्रबार, मंसिर १४, २०८१
01:33 | ०७:१८

कोरोनाबाट दुई हप्तामा विदेशका १३ नेपालीको निधन

नेपाली लिङ्क जुन ७, २०२१

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण पछिल्लो  दुई हप्तामा विदेशमा थप १३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार साउदी अरबमा ७, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो ।

संघको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारण निधन भएको छ ।  समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

तीमध्ये एक लाख ६ हजार ८ सय २३ नेपाली कोरोनामुक्त भएका छन् । हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् । संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अरब, कतार लगायत देशका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू