मंगलबार, माघ १, २०८१
12:33 | १८:१८

एनआरएनए यूकेले पठाएको १५० थान अक्सिजन कन्सन्ट्रेटर आज नेपाल पुग्दै

नेपाली लिङ्क जुन ५, २०२१

लन्डन– एनआरएनए यूकेले बेलायतको नेपाली समुदायबाट संकलित रकमबाट १५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको छ ।

१५० थान अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर शनिबार गोन्जाउबाट नेपाल उडेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जनाए ।

ति अक्सिजन कन्सन्ट्रेटर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमार्फत आजै शनिबार पुग्ने एनआरएनए यूकेले जनाएको छ ।

बेलायतमा सञ्चालन भएको ‘अक्सिजन पठाउँ नेपालीको ज्यान बचाउँ’ अभियानमा सहयोग गर्ने सबै दाताप्रति एनआरएनए यूकेले आभार ब्यक्त गरेको छ ।

अब एक दुई दिनभित्र अक्सिजन कन्सन्ट्रेटरहरु हस्तान्तरण भएर अस्पतालमा पुग्ने विश्वास छ । ‘नेपालमा सामान उत्रिए पछि भन्सार क्लियर हुनासाथ आइसीसी हेड अफिसमा मशिनको प्राविधिक जांच हुनेछ भने स्टिकरहरु लेबल लगाएर स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिने छ’- एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले भनिन्–’यो अभियानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिमा एनआरएन यूके हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू