आइतबार, माघ ६, २०८१
17:45
|
२३:३०
छ हजार ८२५ संक्रमित, झण्डै ६ हजार निको
रासस
जुन ३, २०२१
काठमाडौं–पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् ।
नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार ६३० जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९३६ जना कोरोना संक्रमित हुँदा चार लाख ६७ हजार ४६७ जना निको भएका छन् । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३८२ छ । यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८५२ रहँदा एक हजार ६५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १७४ छन् भने निको भएका १५ हजार ९३१ छन् ।
यस्तै कोरोनाका कारण सो जिल्लामा ३२९ जनाको ज्यान गएको छ । उता ललितपुरमा सक्रिय संक्रमित छ हजार ४० छन् । कूल २७ हजार ७२४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५