स्वीन्डन काउन्सिल क्षेत्रमा नेपालीले गरे सरसफाई
लन्डन । नेपाली समाज वील्शायर स्वीन्डनले स्थानीय काउन्सिल वरपरको क्षेत्रमा सरसफाई गरेको छ । पूर्वी स्वीन्डनको पेरिस् काउन्सिल आसपासको क्षेत्रमा शनिबार समाजले सरसफाई गरेको हो ।
समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङको संयोजकत्वमा सम्पन्न सरसफाई कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष खगेन्द्र गौचन, सचिव, सहसचिव, महिला उपसमितिका संयोजक, जेष्ठ नागरिक उपसमितिका संयोजक, जनप्रतिनिधि अधिकृत लगायत अन्य सदस्यहरु उल्लेख्य संख्यामा उत्साहजनक रुपमा सहभागी बनेका थिए ।
सरसफाई कार्यक्रमपश्चात स्थानिय काउन्सिलरहरुले समाजका सदस्यहरुलाई भेटेर धन्यवाद ज्ञापन गरेका थिए । नेपाली समुदायका सदस्यहरुको कार्य प्रशंसनीय रहेको भन्दै काउन्सिलको तहबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता गरेका थिए ।
नेपाली समाज विल्शायर स्विन्डनले यसअघि पनि स्थानीय स्वीन्डन बरो काउन्सिललाई विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सहयोग गर्दै आएको छ ।