मंगलबार, माघ १, २०८१
20:05 | ०१:५०

बेलायत सरकारले नेपाल पठायो स्वास्थ्य सामग्री

नेपाली लिङ्क मे २७, २०२१

लण्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले नेपालमा कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर (130 C-PAP + 130 Bi PAP), भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा 19, 200 फेस शिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ। 

बेलायतबाट आज विमानमार्फत् पठाइएको उक्त सामग्री भोलि बिहान काठमाडौ पुग्नेछ। NepalMedUK बाट प्राप्त गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सेन्ट्रेटरहरु पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको लण्डनस्थित नेपाली राजदूतावासले बिहीवार जनाएको छ । 

अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि दूतावासले बिभिन्न तरिकाले पहल गरिरहेको छ। 

विशेषगरी द्विपक्षीय सहयोग अन्तर्गत अथवा कोभ्याक्स अन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराइदिने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेका छन्। 

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायत सरकार, बेलायती संसदका सदस्यहरु, गैरआवासीय नेपाली संघ, बिभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थाहरुसँग भेटघाट, छलफल तथा समन्वय भइरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू