मंगलबार, माघ १, २०८१
20:18 | ०२:०३

अल्डरसटस्थित बुद्ध गुम्बा र शिव मन्दिरमा राजदूत

नेपाली लिङ्क मे २७, २०२१

लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बुधबार २५६५ औं बुद्ध जयन्तीको अवसरमा अल्डरसटस्थित बुद्ध गुम्बा तथा निर्माण हुँदै गरेको शिव मन्दिर दर्शन तथा मन्दिर निर्माणबारे जानकारी लिएका छन् । उनी बेलायतका लागि राजदूत भएपछि पहिलोपटक शिव मन्दिर आएका हुन् । 

राजदूत सहित उनकी धर्मपत्नी र दूतावास परिवारका सदस्यहरुलाई शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टर अल्डरसट (शिव मन्दिर) का महासचिव बिक्रम भट्टराईले मन्दिरको निर्माण, संक्षिप्तमा इतिहास, प्राणप्रतिष्ठा, उद्घाटन साथै आगामी दिनमा के कसरी मन्दिर संचालन हुँदैछ भन्नेबारे छोटो जानकारी गराए । 

उक्त अवसरमा राजदूत रेग्मीले नेपालबाट यति टाढा रहेरपनि आफ्नो धर्म, संस्कृति, परम्परा साथै युरोप मै पहिलो प्यागोडा शैलीको नेपाली कलात्मक मन्दिर बनाएकोमा अत्यन्त खुशी भएको र दूतावास तथा आफ्नो व्यक्तिगत सहयोग, समर्थन र सहकार्य रहने आश्वासन दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू