सिरियामा राष्ट्रपतिका लागि तीनजना प्रतिष्पर्धामा
दमासकस १२ जेठ– सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।
यहाँ सुरक्षा समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको छ । खासगरी सिरियाको राजधानी र सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ ।
बुधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाली सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभर गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकारी दिएका थिए ।
उनले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिएका थिए । उनले मतदान सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिएका थिए ।
सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।
सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५