मंगलबार, माघ १, २०८१
20:09 | ०१:५४

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण

‘इन्डियन भेरियन्ट’ २१ वर्ष मुनिकालाई बढी जोखिम

नेपाली लिङ्क मे २६, २०२१

लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजार भन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ ।

बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो मंगलबार दुई हजार ४९३ संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख ७० हजार २९७ पुगेको छ ।

मृतक संख्यामा भने निरन्तर कमी आएको छ । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७४८ पुगेको छ ।

बेलायतमा करोड १९ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड १९ लाख ९५ हजार मात्रा खोप वितरण भइसकेको छ ।

जसमध्ये तीन करोड ८३ लाख ७८ हजार ५६४ जनाले खोपको पहिलो मात्रा लागेका छन् भने दुई करोड ३६ लाख १६ हजार ४९८ जनाले खोपको दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ ।

मंगलबारसम्मको सरकारी तथ्यांक अनुसार ७२.९ प्रतिशतले पहिलो र ४४.८ प्रतिशतले दोस्रो मात्रा लगाएका हुन् ।

‘इन्डियन भेरियन्ट’ बाट २१ वर्ष मुनिका बढी जोखिम

कोरोना महामारीका क्रममा पछिलो समयमा बढी घातक सावित भएको ‘इन्डियन भेरियन्ट’ २१ वर्ष भन्दा कम उमेरका लागि बढी खतरा हुने वैज्ञानिकहरुले जनाएका छन् ।

२१ वर्ष भन्दा कम उमेरका मानिसमा ‘इन्डियन भेरियन्ट’ बढी संक्रमित देखिएको बेलायतस्थित इम्पेरियल कलेज लन्डनका प्रोफेसरले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू