अल्डरसट श्री लक्की ज्वेलरीमा एनआरएनए यूके सदस्यता हेल्पडेस्क
लन्डन । एनआरएनए यूकेको सदस्यता आवेदनका लागि निर्धारित समयसीमा नजिकिँदै गर्दा विभिन्न पदका आकांक्षी उम्मेदवारहरु अहिले सदस्यता बिस्तार अभियानमा जुटेका छन् । विशेषत: अध्यक्ष पदका उम्मेदवारहरुले सम्पर्क कार्यालयहरु स्थापना गरी सदस्यता आवेदन गर्न सघाइरहेका छन् ।
एनआरएनए यूकेको सदस्यता वितरण अभियानमा सहयोगस्वरूप अल्डरसट भिक्टोरिया रोडस्थित श्री लक्की ज्वेलरीले समेत एक हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
ज्वेलरीका सञ्चालक मेजर योगेश राईले एनआरएनएको सदस्यता आवेदन गर्न चाहनेहरुलाई स्वतन्त्र रुपमा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताए ।
‘नेपाल सरकारबाट मान्यताप्राप्त गैरआवासीय नेपाली संघलाई विदेशमा बस्ने नेपालीहरुको अभिभावक संस्था मानिन्छ । यही संस्थामा आबद्ध हुनेहरुलाई प्रोत्साहित गर्नु हाम्रो उद्धेश्य हो’, किराया बेलायतका वरिष्ठ उपाध्यक्ष एवम् नेपाली ज्वेलरी एशोसिसन यूकेका अध्यक्ष समेत रहेका राईले भने,’म आफू उम्मेदवार पनि होइन र अरु कुनै एक उम्मेदवारको लागि सघाउने पनि हाम्रो उद्धेश्य होइन ।’
एनआरएनए यूकेको सदस्यता आवेदन गर्नका लागि कुनै पनि प्राविधिक सहयोग आवश्यक परेमा श्री लक्की ज्वेलरीमा सम्पर्क गर्न संचालक राईले आग्रह गरेका छन् ।
हरेक दिन बिहान १० देखि साँझ साढे ५ बजेसम्म हेल्पडेस्क खुला रहने उनले जनाए ।
सम्पर्क :
Shree Lucky Jewellery
113 Victoria Road
Aldershot
GU111JE
टेलिफोन:
01252337307
07912847615
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५