मंगलबार, माघ १, २०८१
20:18 | ०२:०३

इंग्ल्याण्डमा ३० र ३१ वर्ष उमेरलाई पनि खोप दिंइदै

नेपाली लिङ्क मे २६, २०२१

लन्डन– इंग्ल्याण्डमा ३० र ३१ वर्ष उमेर समूहलाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । सो समूहका लाखौँ मानिसलाई खोपको पहिलो डोज लगाउन निमन्त्रणा गरिएको छ ।

मस्जिद, म्यूजियम, रग्बी ग्राउण्ड, फार्मेसी लगायतका करिब १६०० स्थानमा खोप लागाउने व्यवस्था गरिएको छ । सरकारले आगामी जुलाईसम्ममा सम्पूर्ण वयस्कहरुलाई खोप वितरण गरिसक्ने लक्ष्य लिएअनुरुप खोप वितरण कार्यलाई तीव्रता दिइंदै आएको छ ।

केहिदिन अघि मात्र ३२ र ३३ वर्ष उमेर समूहका मानिसलाई खोप लगाउन बोलाइएको थियो । पछिल्लो तथ्यांक अनुसार बेलायतमा पहिलो र दोस्रो गरि ६ करोड १४ लाख २० हजार ९२८ डोज खोप वितरण भइसकेको छ ।

जसमध्ये तीन करोड ८१ लाख ९२ हजार ४१७ जनाले पहिलो र दुई करोड ३२ लाख २८ हजार ५११ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

दुवै डोज खोप लगाइसकेका मानिसलाई पछिल्लो समय घातक मानिएको ‘इन्डियन भेरियन्टविरुद्ध पनि प्रभावकारी हुने अनुसन्धानले देखाएको छ ।

लण्डनको हन्स्लो, बोल्टन, बेडफोर्ड, बर्नली, ब्ल्याकबर्न, किर्कलिस, लेस्टर लगायतका क्षेत्रमा इन्डियन भेरियन्टको संक्रमण बढी देखिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू