मंगलबार, माघ १, २०८१
20:20 | ०२:०५

कोभिड महामारीमा गेसो पनि अग्रभागमा, एनआरएनए यूकेलाई १४ सय पाउण्ड प्रदान

नेपाली लिङ्क मे २५, २०२१

लण्डन– नेपालमा कोरोना महामारीबाट संक्रमितहरुको उपचारमा सहयोग पुरयाउने गैर आवासीय नेपाली संघ, यूकेको अभियानमा साथ र सहयोग जुट्ने क्रम जारी छ ।

यसैक्रममा मंगलबार भूतपूर्व गोर्खा सैनिकहरुको सबैभन्दा पुरानो संगठन गेसोले अक्सिजन कन्सन्ट्रेटर किन्न एनआरएनए यूकेलाई एक हजार ४ सय पाउण्ड प्रदान गरेको छ ।

अल्डरसटस्थित गेसो कार्यालयमा आयोजित एक कार्यक्रममा गेसोका कार्यबाहक अध्यक्ष धर्म तामाङ र कोषाध्यक्ष देवीमाया पुनले संघ अध्यक्ष पुनम गुरुङ र उपाध्यक्ष प्रेम गाहा मगरलाई एक हजार ४ सय पाउण्डको चेक प्रदान गरेका हुन् ।

नेपालमा अक्सिजन सिलिण्डर पठाउने उद्देश्यले गेसोले एनआरएनलाई सहयोग गरेको एनआरएनए यूकेका उपाध्यक्ष एवम् गोर्खा डिपार्टमेन्ट प्रमुख गाहामगरले जानकारी दिए ।

कार्यक्रममा गेसोका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सो अवसरमा एनआरएनए यूके अध्यक्ष गुरुङ र उपाध्यक्ष गाहा मगरले आर्थिक सहयोगका लागि गेसोलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू