मंगलबार, माघ १, २०८१
20:12 | ०१:५७

बेलायतमा घट्दै कोरोना मृत्युदर

२४ घन्टामा दुई हजार ४९३ संक्रमित

नेपाली लिङ्क मे २५, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसंगै बेलायतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७३९ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा लगातार कमी आएको छ ।

हाल बेलायतका अस्पतलमा ९७८ संक्रमितको उपचार भइरहेको छ भने १२१ जनाको भेन्टिलेटर बेडमा छन्  ।

यसैगरी गएको २४ घन्टामा दुई हजार ४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको सरकारी तथ्यांकमा उल्लेख छ । नयाँ थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६७ हजार ३१० पुगेको छ ।

संक्रामित संख्या पनि केहि समययता दुई हजार पांच सयको हाराहारीमा रहँदै आएको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ सय रहेको छ भने निको हुनेको संख्या ४३ लाख ५ हजार ९७१ छ ।

बेलायतका केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि सरकारले थप सतर्क रहन आग्रह गरेको छ । लण्डनको हन्स्लो, बोल्टन, बेडफोर्ड, बर्न्ली, लेइस्टर लगायतका क्षेत्रमा इन्डियन भेरियन्टको संक्रमण बढी देखिएको छ ।

बेलायतमा हालसम्म ६ करोड १४ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । बेलायतमा हालसम्म ६ करोड १४ लाख २० हजार ९२८ डोज वितरण भइसकेको छ ।

जसमध्ये तीन करोड ८१ लाख ९२ हजार ४१७ जनाले पहिलो र दुई करोड ३२ लाख २८ हजार ५११ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू