मंगलबार, फागुन २०, २०८१
नेपालमा थप आठ हजार ६३६ मा संक्रमण पुष्टि


रासस
मे २५, २०२१
काठमाडौं । पछिल्लो २४ घन्टामा आठ हजार ६३६ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसिआर र ६३० एन्टिजिन परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको छ ।
कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार २६१ पुगेको छ । मंगलबार छ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका छन् ।
निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८८७ पुगेको छ । सङ्क्रमणबाट आज १६९ को ज्यान गएको छ । यससंगै मृतकको कुल संख्या छ हजार ७०० पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५