बेलायतका नेपाली स्वास्थ्यकर्मीले नेपाल पठाए अत्यावश्यक उपकरण
लन्डन । नेपालमा कोभिड १९ महामारीविरुद्ध बेलायतस्थित नेपाली स्वास्थ्यकर्मीहरु पनि एकजुट भएर अग्रभागमा आएका छन् ।
नेपलिज डक्टर्स एसोसिएसन यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेको संयुक्त पहलमा आइतबार एयर कार्गो गरि आइसीयूमा प्रयोग गरिने महत्वपूर्ण उपकरण नेपाल पठाइएको हो ।
कोरोना महामारीसंग लड्न अत्यावश्यक मानिने अक्सिजन कन्सन्ट्रेटर, पीपीइ (एफएफपीटु मास्क, सर्जिकल मास्क, गाउन, पञ्चा, पुनः प्रयोग गर्न मिल्ने रेस्पिरेटर्स, भाइजर्स), पिप भल्भ्स र स्नोर्केल मास्क, क्रयाप मसिन जस्ता सामग्री नेपाल पठाइएको नेपलिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. रमेश खोजुले नेपाली लिंकलाई जानकारी दिए ।
उक्त उपकरणहरु ६ स्वास्थ्य संस्था टिचिङ हस्पिटल, मोडल हस्पिटल, नेशनल ट्रमा सेन्टर त्रिशुली र धुलिखेल एवं नेपाल क्रिटिकल केयर डेभलप्मेन्ट फाउण्डेशनलाई प्रदान गरिनेछ । कार्गो आउंदो २८ मेमा नेपाल पुग्ने जनाउंदै डा. खोजुले डाइबेटिज नेपालमार्फत ति सामग्री वितरण गरिने बताए ।
ति दुई संस्थाले अनलाइन फण्ड संकलनमा सहयोग गर्ने सम्पूर्ण दाताहरुप्रति आभार व्यक्त गरेका छन् ।
नेपालमा कोभिड १९ महामारी शुरु भएदेखि नै बेलायतका नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसन यूकेले नेपाल सहयोग पठाइरहेको छ । नेपलिज डक्टर्स एसोसिएसन यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेले हालैमात्र सीसीएमसीले काठमाडौं सामाखुशीमा बनाएको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइन राख्न २० हजार पाउण्ड सहयोग पठाएका थिए ।
पठाइएका सामग्री-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५