मंगलबार, फागुन २०, २०८१
सगरमाथा क्षेत्रमा दुई वर्षअघिको शव भेटियो


रासस
मे २४, २०२१
सोलुखुम्बु–सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुंदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।
राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५