साउथ इष्ट लन्डन मिसेस समूहबाट अक्सिजन कन्सन्ट्रेटर सहयोग
लन्डन । साउथ इष्ट लन्डनका नेपाली महिलाहरुको एक समूहले नेपालका लागि एक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
साउथ इष्ट लन्डन मिसेस समूहले एनआरएनए यूकेमार्फत एक कन्सन्ट्रेटर सहयोग गरेको समूहकी एक सदस्य शर्मिला हिराचन थकालीले नेपाली लिंकलाई बताइन् । समूहका तर्फबाट ७ सय पाउण्डको सहयोग एनआरएनए यूकेको खातामा जम्मा गराइसकिएको उनले जनाइन् ।
साउथ इष्ट लन्डनमा बस्ने नेपाली महिलाहरुले सन् २००८ देखि नै अनौपचारिक रुपमा शुरु गरेका हुन् साउथ इष्ट लन्डन मिसेस समूह । विभिन्न अवसरहरुमा जमघट र रमाइलो गर्ने लक्ष्यसहित शुरु गरिएको समूह अहिले भने सामाजिक कार्यहरुमा पनि सक्रिय बन्न थालेको छ ।
केहि वर्षअघि नेपालमा महाभूकम्पका बेला १५ सय पाउण्डको आर्थिक सहायता पठाएको समूहले एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको कोभिड सहायता अभियानमा पनि सहयोग गरेको थियो ।
समूहमा मीना गुरुङ, बनु गुरुङ, शर्मिला हिराचन थकाली लगायतका १७ सदस्य छन् । अहिलेसम्म औपचारिक दर्ता नभएको समूहलाई भविष्यमा थप महिला दिदीबहिनीको सहभागिता गराउने लक्ष्य राखिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५