मंगलबार, माघ १, २०८१
20:06 | ०१:५१

बेजिङस्टोकबाट ६ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपाली लिङ्क मे २३, २०२१

लन्डन । बेलायतको बेजिङस्टोक क्षेत्रमा बस्ने नेपालीहरुले नेपालका लागि ६ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

एनआरएनए यूकेको सहयोग अभियानमार्फत् बेजिङस्टोकबाट जम्मा ६ वटा अक्सिजन कन्सन्ट्रेटर बराबरको रकम सहयोग गरिएको हो ।

बेजिङस्टोक नेपाली समाजका तर्फबाट सहयोग चेक आइतबार दिउँसो एनआरएनए यूकेलाई हस्तान्तरण गरिएको छ । समाजका अध्यक्ष ओम गुरुङले जम्मा २८ सय पाउण्डको चेक एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई हस्तान्तण गरे ।

समाजका अध्यक्ष गुरुङका अनुसार समाजले ४ वटा अक्सिजन कन्सन्ट्रेटरका लागि पुग्ने रकम एनआरएनए यूकेलाई हस्तान्तरण गरेको छ भने बेजिङस्टोकमै बस्ने एनआरएनए यूके वर्तमान अध्यक्ष पुनम गुरुङ र निवर्तमान अध्यक्ष योगकुमार फगामीले पनि एकएक कन्सन्ट्रेटरको सहयोग गरिसकेका छन् ।

सहयोग हस्तान्तरणका बेला समाजका उपाध्यक्ष समेत रहेका एनआरएनए यूके निवर्तमान अध्यक्ष योगकुमार फगामी, समाजका महासचिव नवराज राई, कोषाध्यक्ष नर लिम्बू, वेभमास्टर हिमाल गुरुङ लगायतको उपस्थिति थियो ।

त्यसअवसरमा एनआरएनए यूके अध्यक्ष गुरुङले समाजको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । समाजको एक सदस्यका रुपमा आफ्नो नेतृत्वको एनआरएनए यूकेलाई बेजिङस्टोक नेपाली समाजले विगतदेखि दिंदै आएको निरन्तर सहयोगप्रति उनले आभार प्रकट गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू