एनआरएनए यूके युवा संयोजकमा अनिल मल्लको उम्मेदवारी
लण्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनमा युवा अभियन्ता अनिल मल्लले युवा संयोजकको पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए यूकेसहित बेलायतस्थित विभिन्न संघसंस्थामार्फत् सामाजिक कार्यहरुमा सक्रिय मल्ल युवा संयोजकको उम्मेदवार बन्ने भएका हुन् ।
बेलायतको नेपाली समुदाय तथा विभिन्न सामाजिक प्लेटफर्महरुमा अग्रपंक्तिमा देखिने थोरै युवा अनुहारमध्ये एक हुन् अनिल । कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा समेत स्थापित हुन सफल उनीे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा अग्रमोर्चामै खटिंदै आएका छन् अनिल ।
मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्नेे बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भुमिका निभाउँदै आएका छन् । मिडियामा समेत विशेष रुची राख्ने अनिल नेपाल पत्रकार महासंघ यूकेको कार्यसमितिका सदस्य पनि हुन् ।
त्यस्तै, उनी निर्देशक रहेको नेप्लिज इन्टरटेनमेन्ट यूकेले अहिलेसम्म नेपालबाट दर्जनौं नेपाली कलाकार ल्याएर बेलायतमा कार्यक्रमहरु गर्नुका साथै थुप्रै नेपाली चलचित्रहरु यहाँ प्रदर्शन गराएको छ ।
यसरी नै वर्षौंदेखि समुदायमा काम गर्ने क्रममा युवाहरुको मन र अग्रजहरुको विश्वास जित्न सफल अनिल अब एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवार बन्ने भएका छन् ।
विगत एक दशकदेखि एनआरएन यूकेको सदस्य रहेका उनले संस्थाका धेरै कार्यक्रममा स्वयमसेवकका रुपमा भुमिका निभाएका छन्, कैयौं अवसरमा कुशलतापूर्वक युवाहरुको परिचालन गर्दै आफ्नो नेतृत्व क्षमता पनि देखाएका छन् ।
‘युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसंग स्पष्ट भिजन र कार्ययोजनाहरु छन् । ’एनआरएनजस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’, अनिलले भने ।
बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्याको समाधानका लागि पहल गर्न समेत एनआरएनको प्लेटफर्मलार्ई उपयोग गर्ने लक्ष्य उनीसंग छ । विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम अनिलका एजेण्डामा छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५