सोमबार, पुष २९, २०८१
14:36 | २०:२१

डाटफोर्ड नेपाली समाजले ५ वटा अक्सिजन कन्सन्ट्रेटर किनिदिने

नेपाली लिङ्क मे २२, २०२१

लन्डन । नेपालमा कोभिड १९ को दोश्रो लहरले स्वास्थ्य संकट बढिरहंदा बेलायतका विभिन्न नेपाली संघसंस्था एवं व्यक्तिहरु सहयोग जुटाउन लागिपरेका छन् ।

यतिखेर बेलायतमा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर नेपाल पठाउने अभियानले तीव्रता लिएको छ ।

एनआरएनए यूके र लन्डनस्थित नेपाली दूतावासको संयुक्त पहलमा अगाडि बढेको अभियानमा डाटफोर्ड नेपाली समाज पनि जोडिएको छ । समाजले कम्तीमा ५ वटा अक्सिजन कन्सन्ट्रेटर किन्ने अठोटसहित चन्दा संकलन शुरु गरेको छ ।

एउटा कन्सन्ट्रेटरको करिब ७ सय पाउण्ड लाग्ने भएकाले कम्तीमा ३५ सय पाउण्ड संकलनमा समाज जुटेको हो । समाजले मातृभूमि रोइरहेका बेला डाटफोर्डवासी नेपालीलाई आफ्नो अभियानमा सहयोग गर्न अपिल गरेको छ ।

‘कोभिडले आक्रान्त मातृभूमिलाई मुक्ति दिलाई आफन्तजनको जीवन रक्षार्थ हामीले पनि यही बेला केही सहयोग गर्नुपर्छ भन्ने ठानेर यहांहरुसमक्ष अपिल गरेका हौं’, समाजका अध्यक्ष गजेन कटुवालले भने, ‘तत्काल संस्थाको कोषबाट रकम दिइ पछि शोधभर्ना गरि पुरा गर्ने लक्ष्य लिएका छौं । आशा छ यहांहरुले मातृभूमिका लागि खुल्ला दिलले जन्मभूमिको सानो ऋण सम्झी सहयोग गरिदिनुहुनेछ । तपाईंको यो सहयोग एउटा नेपाली आफन्तका लागि फेर्ने सास (अक्सिजन) मा रुपान्तरण हुनेछ ।’

सहयोग जम्मा गर्न समाजको बैंक खाता : 

Dartford Nepalese Community
SORT CODE 20 -25 -43
A /C 80692409

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू