सोमबार, पुष २९, २०८१
14:34 | २०:१९

बेलायतमा सुनचांदी चोरीबाट बच्न एनजेए यूकेले सुझायो यी उपाय

नेपाली लिङ्क मे २२, २०२१


लन्डन । बेलायतभित्र रहेका नेपाली सुनचांदी व्यवसायीहरु संगठित भएर काम गरिरहेका छन् ।

व्यवसायिक मर्यादासहित आपतविपतका बेला ग्राहक एवं व्यवसायीलाई उचित सहयोग, सल्लाह सुझाव आदानप्रदान गर्ने उद्देश्यले सन् २०१८ जनवरीमा नेपाली सुनचांदी ब्यवसायी संघ बेलायत (नेपलिज ज्वेलरी एसोसिएसन यूके) गठन भएको थियो ।

संस्थामा जम्मा १८ सदस्य छन् । तिनमा श्री लक्की ज्वेलरी, अनुग्रह ज्वेलरी, लक्ष्मी ज्वेलरी, हङकङ ज्वेलरी, दीप ज्वेलरी, आसिर ज्वेलरी, ग्रेसी ज्वेलरी, गोर्खा बुलियन, आश्मी ज्वेलर्स, जय सन्तोषीमां ज्वेलर्स, काठमाडौं ज्वेलरी, ष्ष्णिु ज्वेलरी बेजिङस्टक, पद्मा श्री ज्वेलरी, गोर्खा ज्वेलरी, सरस्वती ज्वेलरी, बर्मा ज्वेलरी, दि–लक्ष्मी ज्वेलरी र नवीन एण्ड नवीन ज्वेलरी छन् ।

संस्थाको मुख्य उद्देश्य ग्राहकहरुलाई उच्च गुणस्तर ९९.९ प्रतिशत सुनचांदीका गहना साथै काँचो सुन र चांदी उपल्ब्ध गराउनु रहेको अध्यक्ष मेजर योगेश राईले जानकारी दिए ।

अध्यक्ष राईले सम्पूर्ण ग्राहकलाई होम कन्टेन्ट इन्सुरेन्स गर्न सुझाएका छन् जसले गर्दा कुनै आगलागी वा चोरी भएमा संस्थाको श्री लक्की ज्वेलरीबाट इन्सुरेन्स दावी गर्न सकिनेछ ।

अध्यक्ष राईले एनजेए यूके सदस्यहरु र रिटेलर्सभन्दा बाहिर अरु पसल वा व्यक्तिगत घरहरुबाट बेचिएको वा किनिएको समानहरुमा सबै मिश्रित सुन र कमसल गुणस्तरको हुने सम्भावना प्रचुर रहने बताउंदै बेलायतमा दर्ता भएको एनजिए यूके सदस्यहरुबाट मात्रै किन्न पनि अनुरोध गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू