बेलायतमा ३२ र ३३ वर्षकालाई पनि खोप शुरु
लन्डन । बेलायतमा आज शनिबारदेखि ३३ वर्ष उमेर पुगेकाले पनि खोपका लागि आवेदन दिन सक्ने भएका छन् ।
यसैगरि सोमबारबाट ३२ वर्ष उमेर समूहकाले पनि खोप लगाउन आफ्नो स्थान सुरक्षित गर्ने सक्नेछन् । ३३ वर्ष उमेर पुगेकाले शनिबारदेखि मोबाइलमार्फत म्यासेज प्राप्त गर्नेछन् ।
सोमबारबाट ३२ वर्ष उमेर पुगेकालाई पनि म्यासेज पठाइनेछ । आगामी जुलाईसम्ममा सम्पूर्ण वयस्कहरुलाई खोप दिइसक्ने बेलायत सरकारको नीति अनुरुप खोप वितरणलाई तीव्रता दिइएको छ ।
बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७० प्रतिशत बढी वयस्कले खोपको पहिलो डोज लगाएका छन् ।
बेलायतमा शुक्रबारसम्म ५ करोड ९१ लाख ७८ हजार ३९७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ७५ लाख १८ हजार ६१४ जनाले पहिलो र दुई करोड १६ लाख ५९ हजार ७८३ जनाले दोस्रो डोज लगाएका छन् । बेलायतमा प्रति एक सय जनामध्ये ८७ जनाले खोप लगाइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५