राधा पौडेल फाउन्डेशनद्वारा विभिन्न स्वास्थ्य सामग्री प्रदान


काठमाडौं– राधा पौडेल फाउन्डेशनले कोभिड १९ महामारीले आक्रान्त नेपालमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेशनले आफनो कार्यक्षेत्र जस्तै परामर्श, बेड ब्यवस्थापन, आदिबाट विस्तार गरि अक्सिजन ब्यबस्थापनका लागि पहल गरेपछि सहयोग जुटेको हो ।
राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्धीय मर्यादित महिनाबारी सञ्जालका संसारभर नै छरिएर रहेका सल्लाहकार, शुभ चिन्तक, हितैषी तथा परिबारका सदस्यहरुलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट परिचालन गरी अक्सिजन कन्सन्ट्रेटर २०, पल्स अक्सिमिटर १००, पीपीइ १००, फेस सिल्ड १०००, महिनाबारी प्याड ९२० र मास्क ५००० विभिन्न स्वास्थ्यसंस्थामा वितरण गरेको छ ।
फाउण्डेशनले सहयोग प्रदान गरेका स्वास्थ्य संस्थामा नगर कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज बांके, मादी हस्पिटल मादी चितवन, परासी अस्पताल (पश्चिम), गजुरी पिएचसी गजुरी, नारायणी उपक्षेत्रीय हस्पिटल बीरगञ्ज, जौबारी पिएचसी गोरखा, आपपिपल हस्पिटल, गोरखा लगायत छन् ।
फाउन्डेसनले आफ्नो अभियानमा जोडिने सबै दाताहरु प्रति विशेष आभार व्यक्त गरेको छ । ‘एकातिर निषेधाज्ञा लम्बिदै जानु र अर्कोतिर कोभिडको असरका पाटाहरु फेरिंदै जांदा हामीले हाम्रो भूमिका पनि फेरिदै जानुपर्छ भन्ने आत्मसाथ गरेका छौं’, फाउण्डेशनकी निर्देशक राधा पौडेलले भनिन्, ‘हामी यो अभियानमा यहांहरुको उतिकै सक्रिय र अर्थपूर्ण सहभागिताको अपेक्षा गर्दछौं ।’
राधा पौडेल फाउन्डेशनले स्थापना कालदेखि नै विभिन्न समयमा आइपरेका विपद तथा कोभिड –१९ को पहिलो लहरदेखि नै काम गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५