बेलायतमा दुई हजार आठ सय संक्रमित, ९ को मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएकासंगै कोरोना संक्रमितको संख्या ४४ लाख ५७ हजार ९२३ पुगेको छ । केहि दिनयता संक्रमण दरमा सामान्य वृद्धि हुंदै गइरहेको तथ्यांकले देखाएको छ ।
हाल बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण दर बढ्दै गएको छ । हालसम्म तीन हजार भन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् ।
यसैगरी बितेको २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७१० पुगेको छ ।
मृतक संख्यामा भने लगातार कमी देखिएको छ । हाल बेलायतका अस्पतालमा ९१३ जना संक्रमितको उपचार भइरहेको छ भने १२३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ३२ हजार छ भने छ ४२ लाख ९७ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
५ करोड ९१ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ९१ लाख ७८ हजार ३९७ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ७५ लाख १८ हजार ६१४ जनाले पहिलो र दुई करोड १६ लाख ५९ हजार ७८३ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।
हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ५१ हजार नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ६ लाख २ हजार, ब्राजिलमा ४ लाख ४४ हजार, भारतमा २ लाख ९५ हजार, मेक्सिकोमा २ लाख २१ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २५ हजार, रसियामा १ लाख १७ हजार र फ्रान्समा एक लाख ८ हजारको मृत्यु भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५