सोमबार, माघ ७, २०८१
12:58
|
१८:४३
युरोपेली संघले मध्यम आय भएका देशलाई दश करोड खोप दिने
रासस-एएनआई
मे २१, २०२१
ब्रसेल्स–युरोपेली संघ (ईयू) ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ ।
संघले कोरोनाभाइरस महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप दिने भएको हो ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिइन् ।
विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताइन् ।
कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरका धेरै देशहरुलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५